नेपाली लिम्बु समुदायको एक लोकगीतको रुपमा गाइने पालम ‘लिम्जी लाम्हा’ को म्युजिक भिडियो तयार भएको छ । बुधवार धरानमा एक कार्यक्रम आयोजना गरी म्युजीक भिडियो लन्च गरिएको छ । याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा म्युजिक भिडियोका सम्पूर्ण कलाकारहरुको उपस्थिती रहेको थियो । शान्ता केरुङको शब्द ,दुर्गा तुम्साको लय, सुमन लिम्बुको र दुर्गा तुम्साको आवाजमा निर्माण भएको पालमको म्युजिक भिडियोको निर्देशन मदन वानेमले गरेका छन । म्युजिक भिडियोमा गायक तथा कलाकार कुशल थलङ, डिबी लिम्बु , कमल थेगिम, नुमा नेयोङ (अनुशा) कृष्ण कला आङ्बुहाङ र कुमारी लिम्बुले अभिनय गरेका छन । कमल थेगिमको संयोजनमा निर्माण भएको म्युजिक भिडियो पोस्ट प्रोडक्सनको काम ग्लोरी मिडिया हाउस इटहरीले गरेको छ । भिडियोको छायांकन शिर कुमार साम्पाङ र दिनेश राई (सुबिन) , सम्पादन बसन्त वाम्बुले, मेकअप महेश सिग्देल ,ड्रोन क्यामेरा कलर शिर कुमारको रहेको छ । गीतमा बिबस नेम्वाङ र निरन्ता नेम्बाङले कोरस स्वर दिएका छन ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले म्युजिक भिडियो निर्माण टिम र सम्पूर्ण कलाकारहरुलाई शुभकामना दिनुभयो । प्रमुख अतिथी मेन्याङ्बोले पुर्वमा पछील्लो समय लिम्बु जातीको संस्कार संस्कृति झल्काउने छोटो तथा लामो चलचित्र निर्माण गर्ने प्रदर्शन गर्ने गतिबिधी बढीरहेको बेला लिम्बु जातीकै परम्परामा पर्ने पालम को म्युजिक भिडियो निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाले पालमको महत्व दर्शाउदै पालममा धान नाच्दा हलिएको जस्तो देखिए पनि पालममा धेरै कुरा लुकेको बताउनु भयो । पालम भित्र सृष्टि देखि मानव सभ्यताको विकासद प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको एक लोकगीत रहेको बताउनु भयो । पालम नबुझ्ने लाई अल्छी लागेपनी बुझ्नेलाई यो औधी मन पर्ने र हस्यौली ठट्यौली संगै धुरुधुरु रुवाउने सम्म हुने बताउनु भयो । पालम लिम्बु समुदायको विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व, आदि जस्ता कार्यक्रमहरूमा गाइने मेन्याङ्बोले बताउनु भयो । पालम धान नाच नाच्दा गाइन्छ केटा र केटी बीचको प्रश्न र उत्तर सत्रको रूपमा चरणबद्ध रूपमा गाइने गरिएको मेन्याङ्बोले जानकारी दिनुभयो ।
पछील्लो समय मोफसलबाट निर्माण हुने लिम्बु जातीको संस्कार संस्कृति झल्काउने छोटो तथा लामो चलचित्र साथइ अन्य चलचित्रहरुमा पनि व्यस्त हुँदै आएकी कलाकार तथा ‘लिम्जी लाम्हा’ को म्युजिक भिडियोकी निर्मात्री तथा कलाकार नुमा नेयोङले म्युजिक भिडियोको बारेमा जानकारी गराउनु भयो । उहाले स्थानिय कलाकारहरुको संयुक्त लगानीमा निर्माण भएको ‘लिम्जी लाम्हा’ लाई अब चाडै नै अफिसियल रुपमा लिम्बु कल्चर कृयसन युट्युब च्यानलमा अपलोड गरिने र युट्युबबाट हेरेर सबैले साथ दिनको लागी आग्रह समेत गर्नु भयो ।
भिडियो निर्माण र प्रचार प्रसार संगै करिब दुई लाख रुपैया खर्च भएको कलाकार नेयोङले जानकारी दिनु भयो । पछिल्लो पुस्तालाई पालम धान नाचसम्बन्धी ज्ञान काम हुँदै गएको लिम्बु जातीय चिनारी बोकेको नाच ‘धान नाच’ लोप हुने अवस्थामा नजाओस भन्नको खातिर पनि पालम म्युजिक भिडियोले ‘लिम्जी लाम्हा’ केही भूमिका खेल्न सकोस भन्ने आफ्नो चाहना रहेको कलाकार नेयोङले बताउनु भयो । कार्यक्रममा म्युजिक भिडियोका कलाकारहरु तथा निर्माण टिमलाई प्रमाण पत्र बितरण गरिएको थियो ।