केही समय अगाडी सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको सरकारले अब तत्कालको लागी राष्ट्रिय परिचयपत्र बिना पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।