चलचित्रकर्मी संघ का अध्यक्ष तथा निर्माता केवल तामाङले निर्देशन गर्न लागेको चलचित्र ‘माया का रङ्गहरु’ को टिम स्टार कास्टले भरिने भएको छ । माया का रङ्गहरुमा पल शाह, सुनिल थापा र बुद्धि तामाङ र सिक्किमका चर्चित कमेडियन कलाकार पदम तामाङ अनुबन्ध भैसकेका छन । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको मायाका रङहरुका प्रस्तुतकर्ता पुनम तामाङ् हुन भने निर्माता आरबी थाङदेन हुन् । यती बलियो टिममा अर्का स्टार पनि थपिएको समाचार प्राप्त भएको छ । ‘प्रेम गीत ३’ फेम्ड अभिनेता मनिष राउत भिलेनको रुपमा टिममा जोडीएको बताइएको छ । अब मनिष नायक पल शाह सँग एकैसाथ ‘मायाका रंगहरु’मा देखिँदैछन् । यो एक्सन-लभ ड्रामा फिल्ममा अभिनेता राउत र शाहले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।फिल्ममा दुई कलाकारको पात्र बारे खुलाइएको छैन । यसअघि ‘प्रेम गीत ३’मा भिलेनको भूमिकामा देखिएका अभिनेता राउत फिल्म ‘मायाका रंगहरु’मा पनि भिलेनको भूमिकामा देखिने अनुमान गरिएको छ । केवल तामाङको निर्देशन रहने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
चलचित्रको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिने योजना रहेको निर्माण टिमले जनाएको छ । मुख्य कलाकार पल शाह अनुबन्ध भैसके पनि नायिका भने अनुबन्ध गरिएको छैन । मुख्य नायिकाको खोजी भइरहेको निर्माण टिमको भनाइ छ । रुद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको छायांकन, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुस्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिने जनाइएको छ । पुनम तामाङको प्रस्तुतिमा बन्ने फिल्मको निर्माता आरबी थाङ्देन हुन् भने फिल्मका सहनिर्माता जनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् ।फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री हुने निर्माण टिमले जानकारी दिएको छ ।