धरान संगीत धरानले प्रतिष्ठानले भोली असार ७ गते शुक्रबार सांगीतिक कार्यक्रम र सम्मान कार्यक्रम गर्ने भएकोछ । विश्व संगीत दिवसको अवसरमा अंग्रेजी वर्ष २०२४ तथा नेपाली वर्ष २०८१ को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको आज पत्रकार सम्मलेन गरी जानकारी दिइएको छ । कार्यक्रम मे २१ तारिख विश्व संगीत दिवसको अवसरमा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । बिगतका बर्षहरुमा धरानको सार्वजनिक स्थल भानुचोकमा गरिदै आएको मा यस बर्षभने आर्थिक अभाव र विविध कारणबस हल भित्र गर्न लागिएको धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राईले जानकारी दिए । यस बर्षको कार्यक्रम धरान ८ स्थीत बराह मलको हलमा दिनको ४ बजे बाट शुरु हुने अध्यक्ष राईले जानकारी दिए । कार्यक्रममा बरिष्ठ गायक दिप श्रेष्ठ र स्थानिय संगीत बिधालयका बिधार्थीहरु र धरानलाई कर्मथलो बनाएर धरानमै रहेर संगीत क्षेत्रमा लागिरहेका स्थानिय कलाकारहरुको सांगीतिक लाईभ प्रस्तुती रहने अध्यक्ष राईले जानकारी दिए । साथै यस बर्षपनी दुइजना संगीतकर्मीलाई सम्मान गरिने भएको छ । यस बर्ष कलाकार सम्मान अन्तर्गत संगीत गुरु बिनोद प्रियदर्सी राई र गायक सन्दिप प्रधानलाई लाई सम्मान गरिने कार्यक्रम रहेको धरान संगीत प्रतिष्ठानका सचिव राजाराम श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानले गत बर्षबाट धरान उपमहानगरपालिका प्रमुख हर्क राज राई प्रतिष्ठानको संरक्षकको भुमीकामा रहेको घोषणा समेत गरेको थियो । गत बर्षनै ‘धरान उपमहानगरपालिकाका मेयर साम्पाङले २०७९/८० को बजेटमा सङ्गीत दिवसको बजेट रातो किताबमै समेटिने प्रतिबद्धता जनाए पनि रकम नछुट्याउनु भएकोले यसपालि ईन्डोर कार्यक्रम गर्ने तयारी भएको प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । प्रतिष्ठान २०७० सालमा वरिष्ठ गायक, सङ्गीतकार दीप श्रेष्ठको अभिभावकत्वमा स्थापना भएको थियो । त्यसैबेला देखीको निरन्तरतालाई यसपालि पनि जारी राख्न विश्व सङ्गीत दिवस मनाउन धरान सङ्गीत प्रतिष्ठानले तयारी सुरु गरेको हो ।
संगीत दिवसको अवसरमा काठमाण्डौ लगायत अन्य ठाउहरुमा धेरै ठुलो कार्यक्रमहरुमा निम्तो दिने गरेपनी आफुलाई धरानको माटो प्यारो भएकोले विश्व सङ्गीत दिवस मनाउन हरेक बर्ष धरान आउने गरेको गायक दिप श्रेष्ठले सुनाए । धरान संगीत प्रतिष्ठानको स्थापना देखिनैकाल देखिकै संगीत दिवसको अवसरमा आयोजना हुने कार्यक्रम आफु आउने गरेपनी धरानमा भने पुराना समितीका साथीहरु नयाँ समितिले आयोजना गर्ने कार्यक्रमहरुमा उपस्थित नभएको देख्दा राजनीतिकरण गरेको अनुभव भएर आफुलाई दु:ख लाग्ने गरेको र त्यसो नगर्न पनि गायक श्रेष्ठले पुराअना कार्यसमितीलाई अनुरोध समेत गरे । धरानको कार्यक्रमलाई सफल बनाउन आफु मात्रा हैन सहयोगी संस्थाहरु समेत खोजेर ल्याउने गरेपनी स्थानिय हरुले चासो नदिदा भोली आउने पिढीको भविस्यप्रती आफु चिन्तीत रहेको श्रेष्ठले बताए ।