गत जेठ ६ गतेबाट प्रदर्शनमा आएको नेपाली भाषाको लिम्बु सांस्कृतिक चलचित्रको निर्माण सम्पन्न संगै पहिलो प्रदर्शन सम्पन्न भएको छ । चलचित्रको पहिलो प्रदर्शन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गरेको ‘कोशी चलचित्र महोत्सव -२०८१’ मा भएको हो । मन्त्रालयले माग गरेको मापदण्ड अनुसार चलचित्र दर्ता गराइ बिर्तामोड स्थित पाथिभरा सिनेप्लाजामा प्रदर्शन गरिएको हो । बिर्तामोडका दर्शकहरुले फिल्म हेर्न मन हुँदाहुँदै सकिएको भन्दै अझै लामो बनाउन मिले निकै खुशी हुने आग्रह गरे । फिल्म हेरिसकेपछी सिनेमाहल भित्र लेखक तथा निर्देशक नविन मेन्याङ्बो सँग दर्शकहरुले जिज्ञासा राखेका थिए निर्देशक मन्याङबोले दर्शकहरुको जिज्ञासा समेत मेटेका थिए । थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’को फर्स्ट लुक्स सार्वजनिक भएकोछ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक'( Black pig) को अब केही पछी अन्य ठाउका दर्शकहरुले पनि हेर्न पाउने भएका छन ।
कुमाक्ला फाक’ लाई नविन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी गरेर निर्माण गरेका हुन । चलचित्रमा प्रेम सुब्बा , उदय कुरुम्बाङ , नुमा लिम्वु , रोजनि तेयुइं , प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया पंधाक , पुर्णिमाया लिम्बु , जमुना लिम्बु , तेज मेन्याङ्बो , नविन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेकाछन । ‘कुमाक्ला फाक’ को सम्पूर्ण प्राविधिकको काम कोशी भिजन नेपाल इटहरी र काठमाण्डौको टिमले सम्हालेका छन । यस अघी थियटर साहारा धरानले १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटेर छोटो चलचित्र ‘द रेडमुन’ निर्माण गरेको थियो ।‘द रेडमुन’ ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी जनाउन जर्मनको बर्लिन सम्मको यात्रा तय गरेको थियो । तर बिबिध कारणवस सो फेस्टिवल रोकिएपछी ‘द रेड मुन’ को पनि यात्रा रोकिएको थियो । तर स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHY अवार्ड जितेको थियो । नबिन मेनेयाङ्बो सुब्बाले निर्माण र रविन श्रेष्ठको निर्देशन गरेका थिए ।