Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

भजन सिरोमणी स्वर्गिय भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ १३ बर्षपछी पुन प्रदर्शनमा आउँदै

भक्तराज आचार्यको बायोपिक 'आचार्य' १३ बर्षपछी पुन प्रदर्शनमा आउँदै

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ६ गते १८:२९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
भजन सिरोमणी स्वर्गिय भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ १३ बर्षपछी पुन प्रदर्शनमा आउँदै
57
SHARES
Share on FacebookShare on Twitter

भजन सिरोमणी स्वर्गिय भक्त्तराज आचार्यको बायोपिक ‘आचार्य’ आगामी असार ७ गतेबाट सिनेमा ‘आचार्य’ १३ वर्षपछि पुनः पदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा पुनः प्रदर्शनको जानकारी दिइयो ।गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमालाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्नेछ ।सिनेमामा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् । पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ सिनेमाजस्तै गरी रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ । असार ५ गते राजधानीमा सिनेमाको भव्य प्रिमियर शोको आयोजना गरिनेछ ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले बताए । ‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुन रिलि जगर्न लागिएका हो’, उनले भने ।सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ ।

सिनेमाको पुन रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायतका थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको थियो । सिनेमाको कार्यक्रममा उपस्थित अधिकांशले आचार्य पुन: रिलिज गर्नु भजन शिरोमणीको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताए का थिए ।सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए । सिनेमाका निर्माता रोशन राई हुन् ।

ADVERTISEMENT

 

Previous Post

लण्डन टु पेरिश को मार्मिक गीतमा निश्चललाई गरिमा हैन सम्राज्ञी नै चाहियो

Next Post

कुमाक्ला फाक को पहिलो शो चलचित्र महोत्सवमा,दर्शकहरुले धेरै रुचाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist