यही जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ लण्डन टु पेरिस’ को दोस्रो गीत चाहन्छु यो माया बोलको मार्मिक गीत रिलिज भएको छ । फिल्मका मुख्य कलाकार सम्राज्ञी, निश्चल र गरिमा शर्मा बीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरुमा सम्राज्ञी सँग एकतर्फी प्रेममा परेका निश्चल सम्राज्ञी सँग छुट्नै सक्दैन । बिबिध कारण बस शहर छाड्न वाध्य भएकी सम्राज्ञीको प्रेममा डुबेका निश्चलको लाईफमा गरिमाको इन्ट्री भएपनी सम्राज्ञीलाई नै सम्झिरहेका हुन्छन । गरिमा सँग डेट जड होस् या गफिदा होस् निश्चललाई सम्राज्ञीकै यादले बोलिरहेको देखिछ भने इता गरिमा पनि निस्चलको प्रेममा हराइरहेकी हुन्छिन । यसरी गीतलाई हेर्दा फिल्म लण्डन टु पेरिश ले त्रिकोणात्मक प्रेम प्रस्तुत गर्नेछ । गीतमा एसडी योगीको संगीत, राम अविरल विष्टको शब्द, योगी र नभिता पौडेलको आवाज छ ।
प्रदीप भारद्धाजको पटकथा र संवाद रहेको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेकाछन । भेद परवको छायाङ्कन रहेको यसको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह-निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन्। कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ ।एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ ।