चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहेको ड्रीम प्रोजेक्ट चलचित्र ‘बलिदान’ को लागी दुई मुख्य पुरुष र महिला कलाकारको माग गरिएको छ । निर्देशक सेनले आज आफ्नो फेसबुक पेजमा कलाकार आबश्यक रहेको बारे पोस्ट गरेका छन । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ। चलचित्रका लागि प्रमुख नारी पात्र र एक पुरुष पात्रको भूमिकामा परिवेश सुहाउँदो कलाकार आवश्यक परेकाले इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि यथाशीघ्र सम्पर्क राख्न आनुरोध गरेका छन । उनले कस्ता कलाकार हरुले अडिसन दिन सक्छन भन्ने बारे प्रस्ट खुलाएका छन । उनका अनुसार अडिशन दिन आउने कलाकार हरु मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएको , साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएको, एक्सन प्रकरणका भूमिका निभाउन सक्ने, नेपाली भाषामा मैथिली उच्चारण गर्न सक्ने र मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्ने (महिलाको लागि मात्र) भनिएको छ । बिशेषगरी इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने सेनको भनाइ छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ। अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना inbox.aasusenfilm@gmail.com मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082 मा सन्देश मार्फत सम्पर्क गर्न सकिने सेनले उल्लेख गरेका छन ।
आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा डेव्यु अभिनेता समिर भट्ट अनुबन्ध भैसकेकाछन । समिर चर्चित नायक बिराज भट्टका छोरा हुन । सिनेमा आउने बर्ष २०८१ को दसैंमा विश्वव्यापी रिलिज गर्ने तयारी रहेको छ ।