Tuesday, January 13, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सिडनीमा ‘जात्रै जात्रा’ र ‘कबड्डी -४’ ले राखेको रेकर्ड महाजात्रा ले तोड्यो

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले देश देखी बिदेश सम्म एक पछी अर्को रेकर्ड राख्दै आएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख १८ गते ०८:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
सिडनीमा ‘जात्रै जात्रा’ र  ‘कबड्डी -४’ ले राखेको रेकर्ड  महाजात्रा ले तोड्यो
40
SHARES
Share on FacebookShare on Twitter

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले देश देखी बिदेश सम्म एक पछी अर्को रेकर्ड राख्दै आएको छ । दर्शकहरुको साथ माया पाएपछी एक पछी अर्को रेकर्ड राख्दै आएको छ । नेपाल प्रदर्शनको छैठौ हप्तामा प्रबेशगरे संगै झनै चर्चा चुलिदै गएकोछ । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमान कायम गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले नयाँ रेकर्ड बनाएको हो । डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले फिल्मको लोकप्रियताले यो सम्भव भएको जनाएका छन् ।सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । ‘सिड्नीमा अघिल्लो सबै रेकर्ड आजदेखि तोडेको छ । महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ । पछिल्लो समय खडेरी झैँ भएको बजारलाई हराभरा बनाउन फिल्मको भूमिका प्रशंसनीय छ’, प्रदर्शक भट्टराईले भने ।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । उक्त कम्पनिक अनुसार एघार करोड बढीको व्यापार भारत बाहेकका डायस्पोरामा भएको छ । फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले डायस्पोरामा कीर्तिमानी व्यापार गरेर सफल बनाएकोमा दर्शकलाई धन्यवाद दिए । ‘हलसम्म दर्शक बनेर आइपुग्नु भएका प्रवासमा रहनुभएका नेपालीको समय र पैसा खेर नगएको प्रतिक्रिया प्राप्त गरेका छौँ, हाम्रो लागि ठूलो सफलता यही हो । प्रवासमा हामीलाई गर्नुभएको विश्वास र दिनुभएको माया अद्भुत छ । हामी कृतज्ञ छौँ, अब विसं २०८२ को दसैँमा फेरी भेट्ने छौँ ।’प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा विश्वभर प्रदर्शन भइरहेको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ ।

ADVERTISEMENT

 

Previous Post

राम्रो प्रतिभा भएका कोशी प्रदेशका कलाकारलाई ‘बलिदान’ मा अवसर

Next Post

मोडल हन्ट ‘फेस अफ नेपाल’को नयाँ संस्करण घोषणा, सातै प्रदेशमा अडिसन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist