एक समयको चर्चित टेली सिरियल हरु मध्ये ‘सिन्दुर’ जस्ता सुपहिट टेली सिरियल निर्माण गरेको निर्माण गरेको निर्माण कम्पनी प्रज्ञा फिल्म्सले नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण गर्ने भएको छ । नयाँ सिरिजको शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ ।
प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन छ ।प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् ।