यही जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको मेगास्टार अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ को टिजर रिलिज भएसङै चर्चामा थियो । हाल भने ट्रेलर रिलिज भएपछी झनै प्रतिक्षित बन्दै गएको छ। ट्रेलर रिलिज भएको लगभग २४ घण्टामा मिलियन भ्युज पाएको ‘फर्की फर्की’ ले यती बेला बिदेश प्रदर्शनको लागी धेरै बिक्री भैरहेको छ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्र वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।यस्तै, नेपाली चलचित्रको लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले चलचित्र वितरणको जिम्मा लिएको छ । हङकङमा भने चलचित्रलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।२३ लाख माथिको भ्यूज र उत्कृष्ट प्रतिक्रिया पाइरहेको यो चलचित्रको यी बाहेक अन्य देशमा पनि चलचित्र अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।
यही जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘फर्की फर्की’ ले पहिलो चरणमै रेकर्ड ब्रेक गरेको छ । प्री- टिजर रिलिज बाट नै चर्चामा रहेको ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज पाएको छ । सम्भवत यो नेपाली चलचित्र क्षेत्रमा यो नयाँ रेकर्ड हुन सक्छ । यहाँबाट प्रस्ट हुन्छ कि अनमोलको फिल्म कती प्रतिक्षित रहेछ भन्ने । मेगा स्टार अनमोल केसी अभिनिती ‘फर्की फर्की’ मा जसिता गुरुङ अनमोलको जोडी को रुपमा छिन । लगभग दुई बर्षको अन्तरालमा पुन पर्दामा देखिएका अनमोल दर्शकहरुको प्रतिक्षित हुन । मेगा स्टार केसीले सिमित फिल्ममा काम गरिरहेका छन । उनको यो ‘फर्की फर्की’ पनि एक प्रतिक्षित प्रोजेक्ट हो । केही बर्षदेखी पेट मिची मिची हासेका दर्शकहरुले अब धेरै समय पछी लव स्टोरी फिल्म हेर्न पाउने भएका छन । यसका लागी जेठ १० गते कुर्नु पर्ने भएको छ ।छ माया छप्प्क्कै जस्ता सुपर हिट फिल्म निर्माण गरेका निर्माता रोहित अधिकारीले निर्माण गरिएको ‘फर्की फर्की’ दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको छ । निर्माता रोहित अधिकारीले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह¬–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता छन् ।