बर्ष २०८० को सुपर हिट चलचित्र ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाको लेखन निर्देशन रहेको चलचित्र ‘मनसरा’ को ट्रेलर रिलिज भएको छ । सम्भवत पहिलो पटक नेपाली चलचित्रमा पालम ख्याली प्रयोग गरिएको चलचित्र ‘जारी’ मा झै बुधवार ट्रेलर रिलिज भएको ‘मनसरा’ को ट्रेलरमा पनि ख्याली प्रयोग गरिएको छ । फिल्मका कलाकार दयाहाङ राईले ख्याली गाउदै मिरुना को पछी पछी लाग्दा उनले जारीकै झल्को आउछ । रिलिज ट्रेलर हेर्दा दुध बेच्ने र रक्सी बेच्नेको प्रेम कहानी समेटिएको सजिलै अनुमान लगाउन सकिन्छ । दुध बेच्ने बाहुन प्रबिण खतिवडा र रक्सी बेच्ने लिम्बुनी मिरुना मगरको प्रेम प्रसँग निर्देशक सुब्बाले गज्जबले प्रस्तुत गरेकाछन । एउटै सधियार बाहुन भैसी पालेर दुध बेच्ने र लिम्बुनी सुगुर पाल्दै रक्सी बेच्ने , बाहुनको आफ्नै श्रीमती छ सन्तान छैन , भने लिम्बुनी हराएका श्रीमानको प्रतिक्षामा एक सन्तान छोरा पालेर बसेकिछिन । लिम्बुनीलाई देख्न नसक्ने बाहुनकी श्रीमती मेनुका श्रीमानको लिम्बुनी सँगको गतिबिधिले वाक्क भएर छोडेर जान्छिन यही पिडालाई मुख्य बिषयबस्तु बनाइएको ‘मनसरा’ श्रीमान छोडेको एक साहासिक नारी कथा पनि हो भन्न हिच्किच्याउनु पर्दैन । ट्रेलर ४ मिनेट २६ सेकेन्ड लामो बनेकोछ ।
सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले मनसराका निर्देशक हुन् । सिनेमामा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिएकिछिन । प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।