केही बर्षदेखी पेट मिची मिची हासेका दर्शकहरुले अब धेरै समय पछी लव स्टोरी फिल्म हेर्न पाउने भएका छन । यसका लागी जेठ १० गते कुर्नु पर्ने भएको छ । मेगा स्टार अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको छ । औपचारिक फिल्म निर्माण घोषणा अघीनै टिजर खिचेर दर्शकहरुको ध्यान खिचेको ‘फर्की फर्की’ को बिहीवार ट्रेलर रिलिज भएपछी दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको छ । लवर व्वाय अनमोल हरेक नेपाली युवाहरुको ढुक ढुकी बनेकाछन । अभिनयमा कमजोरी भएको आरोप खेप्दै आएका अनमोलले यो फिल्ममा गज्जबको काम गरेको भान हुन्छ । फिल्ममा अनमोलको अपोजिटमा लिली बिली, लव स्टेशन जस्ता हिट फिल्म दिएकी जसिता गुरुङ छिन । टिपिकल लव स्टोरी फिल्ममा आकर्षण, रोमान्स अनी बियोग लाई निर्देशक तथा लेखक सुयोग गुरुङले गज्जबले प्रस्तुत गरेकाछन । ट्रेलरमा हेर्दा अनमोलले आफुलाई भगवान ठानेकाछन । अनमोल स्टाइलिस तर, उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । बोलीभन्दा अगाडि उनको मुक्का र लात्ति चल्छ । उनको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा अभिनेत्री जसिता गुरुङ छिन् । उनीहरुबीचको प्रेम, रोमान्स र सम्बन्धमा आउने उतार-चढावलाई पनि ट्रेलरमा देखाइएको छ । उच्च मेकिङ क्वालिटी र दृश्यहरुबीचको तालमेल ट्रेलरको बलियो पक्ष हो ।
बिहीवार काठ्माण्डौ मा एक कार्यक्रम गरी ट्रेलर रिलिज गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकार अनमोलले आफूलाई चार वर्षअघि निर्देशक सुयोगले फिल्मको कन्सेप्ट सुनाउँदा नै फिल्मप्रति आफ्नो चासो बढेको खुलाए । ‘यो चरित्र मेरा लागि चुनौतीपूर्ण नै थियो । तीन वर्षको मेहनतमा त्यो चुनौतीलाई तोड्न सफल भएँ जस्तो लागेको छ’, उनले भने ।
फिल्मबाट रवि काफ्ले र समृद्धि रिजालले अभिनयमा ‘डेब्यू’ गर्दैछन् । रविले बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने सपना अहिले आएर पुरा भएको भन्दै खुशी व्यक्त गरे । नवनायिका समृद्धिले राम्रो टिमसँग सहकार्य गर्न पाउनु आफ्ना लागि थप खुशीको कुरा भएको बताइन् ।
निर्माता रोहित अधिकारीले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह¬–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।
सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता र आलोक शुक्लाको छायांकन छ । जेठ १० गते रिलिज मिती रहेको फिल्मको दर्शकहरुले निकै प्रतिक्षा गरेकाछन ।