मोडल जुना कर्की र गायक तिलक रामदाम रिसाएको मायालाई फकाउने आइडिया खोजिरहेकाछन । उनिहरुले गीत मार्फत आइडिया खोजेका हुन । भर्खरै रिलिज भएको तिलक रामदाम र बिष्णु परियारको आवाजमा रहेको गीतको भाव हो यो । राजन बाबु पन्तको शब्द ,सागर लामाको संगीतमा रहेको ‘काचो पात लाई सुकाएर बिडी बनाउने, क्यारी होला रिसाको मायालाई फकाउने’ बोलको गीतको म्युजीक भिडियोमा गायक रामदाम र जुना फिचर्ड छन । मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत ‘काचो पात’ बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलिमा गज्जबले प्रस्तुत गरेका छन् । गीतमा संगीत संयोजन हेमन्त कान्छा रसाईलीको रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन सेर साउदले गरेका छन । मुकेश हुमागाईँले खिचेको भिडियो बिनोद बमको रंग संयोजन र सम्पादन रहेकोछ । गीतको म्युजिक भिडियो गायक तिलक रामदामकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।