तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’ को बिषयलाई मुख्य कथा बनाएर निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित चलचित्र ‘चारदाम’ को धरानमा आज बिशेष प्रदर्शन गरिएको छ । धरान स्थित फ्रेण्ड सिनेमाजमा शनिबार गरिएको बिशेष प्रदर्शनमा धराने दर्शकहरुले हल खचाखच भरिएर सिट भन्दा बाहिर उभिएर सिनेमा हेरेका थिए । यस अघी इटहरी, पोखरा, चक्रघटीमा पनि भव्य रुपमा प्रदर्शन भएको ‘चारदाम’ लाई दर्शकले धेरै रुचाएका थिए । शनिबार धरानमा भएको प्रदर्शनमा पनि धराने दर्शकको अपार माया र साथ पाएकोले आफु निकै खुशी भएको लेखक तथा निर्देशक लाखमान योन्जनले बताए । चारदाम हेरेका दर्शकहरुले सकरात्मक प्रतिकृया दिए । चलचित्र हेरेर निस्केका दर्शकहरुले चलचित्रले तामाङ भाषा धर्म सस्कृती जोगाउन भुमिकाको चर्चा गर्दै हेर्नै पर्ने चलचित्र बनेको दावी गरे । इटहरी पोखरामा जस्तै धरानका दर्शकले पनि चलचित्र रुचाएकोमा निर्माण टिम मख्ख थिए ।

कोशी भिजनको ब्यानरमा निर्माण भएको ‘चारदाम’ लाई लाखमान योन्जनले लेखन तथा निर्देशन गरेका छन । योन्जनले यस अघी थुप्रै तामाङको जातित्व झल्काउने,तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले थुप्रै चलचित्र निर्माण तथा निर्देशन गरेका छन । तर यस पटक भने पछील्लो समय तामाङ जातीहरुबिचको बैबाहिक रिती थिती मा आधारित रहेर ‘चारदाम’ निर्माण गरेको निर्देशक योन्जनले बताए । चारदाम भनेको कुटुम्ब अर्थात बेहुला र माईती बिचको बाचा वा सम्झौता हो योन्जनले थपे । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । फिल्म ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् ।

फिल्ममा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनले संगीत गरेको गीतमा बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलले शृङ्गारको कार्य गरेका छन् । आजको बिशेष प्रदर्शनको अवसरमा फिल्म निर्माण टिमले कलाकार तथा समाजसेवी हरुलाई सम्मान गरेकोछ । आज सम्मनित हुने हरुमा कलाकार तथा समाजसेवी रितेशजङ पौडेल, गायक तथा समाजसेवी पूर्ण लिम्बु, योन्जन बंशवालीका मुख्य सल्लहकार तिर्थ योन्जन , नेपाल तमाङ घेदुङ धरान नगर समिती अध्यक्ष सपना तामाङ, कलाकार ममता पौडेल,बाबुलाल योन्जन रहेका छन ।
फोटो : सनम तामङ र दिपेस योन्जन






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।