चर्चित नायिका पूजा शर्माले ४ करोडको लगानीमा रेष्टुरेन्ट खोलेकिछिन । उनले खोलेको ट्याग नामको रेष्टुरेन्ट भित्र रेस्टुरेन्टसहित बुटिक, ब्युटी पार्लर, बार, पुल हाउस, किड्स जोन पनि छ। त्यस्तै, ट्याग परिसरमै ग्राहकका लागि बासको व्यवस्था पनि छ। जसले रमाइलो गर्न रेस्टुरेन्ट आएका ग्राहकलाई बास बस्नका लागि तत्कालै घर फर्किनुपर्ने बाध्यता हुनेछैन। रेस्टुरेन्टमा एकसाथ २ सयजना बढी ग्राहकहरुले सेवा लिन पाउनेछन्। ट्यागमा आएका सबै उमेर समूहका ग्राहकले भरपुर मनोरञ्जन पाउने पूजाको विश्वास छ। ‘ट्यागमा आएपछि दर्शकलाई केही कमी हुने छैन। यहाँ बारसहित बच्चाहरुले खेल्ने ठाउँ पनि छ। बिहेबाहेक इन्गेजमेन्टजस्ता पार्टीहरु पनि यहाँ गर्न मिल्छ। बच्चादेखि सबै उमेरका ग्राहकहरुले रमाइलो गर्ने वातावरण भएकाले ट्याग अरुभन्दा फरक रहेको उनको दावी छ ।

ट्यागका तीनवटा कोठालाई कलिउड, हलिउड र बलिउड भनेर छुट्याइएको छ। जहाँ चर्चित फिल्मको फोटोदेखि कलाकारहरुको तस्वीर राखिने छ। त्यसैगरी ट्याग परिसरमा बारसँगै ‘लाइभ म्युजिक’ स्पेस छ। गीत गाएर रमाइलो गर्न चाहनेका लागि ‘क्यारीओके’ को व्यवस्था छ। ग्रीन सेटिङमा बनेको ट्यागमा एम्बियन्स र हस्पिटालिटीले गर्दा ग्राहकले सन्तुष्टि पाउनेमा ढुक्क सुनिन्छिन् पूजा। हरियाली वातावरण देख्दा मनमा छुट्टै आनन्द आउने भएका कारण ग्रीन थिम रोजेको उनको भनाइ छ।अहिले धेरैजसो रेस्टुरेन्टले आफ्नो छुट्टै सिग्नेचर डिसलाई बढी हाइलाइट गर्छन्। तर, पूजाले भने ट्यागको मेनुमा सबैखाले खानालाई प्राथमिकतामा राखेको बताइन। उनका अनुसार ट्यागमा ‘सी फुड’ सहित कोरियन, जापानिज, मेक्सिकन लगायत कन्टिनेन्टल फुड पाइने छ। कफी र बेकरीको सुविधासँगै नेपाली रैथाने खानाका लागि ‘थकाली सेक्सन’ छ। त्यसमा नेपालका रैथाने खानाका परिकार अँटाउनेछन्।
Photo : Bizmandu






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।