पुर्वी नेपालमा बसोबास गर्ने लिम्बु संस्कार, संस्कृतिमा आधारित भएर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘युप्पारुङ’ (बैना) को छायांकन सकिएकोछ । चलचित्रको छायांकन जम्मा २९ दिनमा सम्पन्न भएको प्रस्तुतकर्ता सानुराजा थेगिमले जानकारी दिए । सफल चलचित्र ‘पार्सल’, अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा बेस्ट सिनेमेट्रोग्राफी अवार्ड जित्न सफल सर्ट मुवी ‘द रेड्मुन’ निर्देशक रविन श्रेष्ठको लेखन निर्देशन रहेको ‘युप्पारुङ’ धनकुटाको बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको छ । फिल्मका मुख्य सहायक निर्देशक बाबुराम निरौला हुन ।
बिजयपुर सिनेआर्टको ब्यानरमा निर्माण भएको ‘युप्पारुङ’ लाई पृथ्वी शासन कानुन लिम्बुले निर्माण गरेका हुन । फिल्मका मुख्य कलाकार सागर सिङ्गल हुन । सागर संगै रोजनी तेयुङ लिम्बु, सिमा रेखाका नायक सानुबाबा सुब्बा,भिम तिगेला लिम्बु,सानुराजा थेगिम, शुक्र थेगिम,धनमाया लिम्बु, जयन्ती लिम्बु, निर्मला सुहाङ, अमर अन्छङ्वो,खडग थेगिम,छत्र याखा,गंगा थिङ राई,खगेन याखा, मुमिता लिम्बु बालकलाकारहरु तुसार लिम्बु, जेनी थेगिम,ग्रिस्मा थेगिम, सुयोग्य थेगिम, लगायतको मुख्य भूमिका रहेको ‘युप्पारुङ’ लाई मोहन पराजुलीले खिचेका छन ।
लिम्बु जातीका युवायुवतीहरु बिचको प्रेमपछी अहिलेको आधुनिक ‘इङगेजमेन्ट’ गरेजस्तै चादीको पैसा आफुले मन परेको युवतीको बर्कीमा गाठो बनाइ आफ्नो हो भन्ने घोषणा गर्ने (बैना) सरह दिएको एक चिनोको कथा वरीपरी रहेर निर्माण गरिएको युप्पारुङले लिम्बु जाती भित्रको बैबाहिक प्रकृयाको प्रचलनलाई पर्दामा देखाइने प्रस्तुतकर्ता सानुराजा थेगिमले जानकारी दिए । २९ दिन लगाएर छायांकन सम्पन्न गएको युप्पारुङको पोस्ट प्रोडक्सनको काम सकाएर चाडैनै रिलिजको तयारीमा जुट्ने थेगिमको भनाइ छ ।