चर्चित निर्देशक दिनेश राउतले निर्देशन गर्ने अन्टाइटल प्रेओज्क्टमा प्रदीप खडका र पल शाह एक साथ देखिने भएका छन । सफल फिल्म ‘प्रकाश’ का लेखक बिकास सुबेदिले लेख्ने फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने छन भने मुख्यकलाकारमा प्रदीप खडका र पल शाह रहने एक स्रोतले जनाएकोछ । स्रोतका अनुसार पल र प्रदीपलाई फाइनल गर्ने काम लेखक बिकास सुवेदीले गरेका हुन । जानकारी अनुसार पलले यसै फिल्मकालागि अनुप बरालसँग अभिनय सिकीरहेका छन् । अगामी आगामी भदौबाट छायाकंन सुरु हुने फिल्मले दुई साथी सम्बन्धको कथा बोल्ने बताइएकोछ । फिल्मका निर्माता जीवन थापा हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।