अहिले सबैको मुख मुखमा झुन्डिएको गीत ‘ माया रैछ र त भर हुन्छ नि ‘ का गायक तथा लेखक काली प्रशाद बास्कोटा इटहरी आउने भएका छन । उनी यही फागुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फुलबारी’ को प्रोमोशनका लागी इटहरी आउन लागेका हुन । उनी सँगै मुख्य कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के र मनिष ढकाल इटहरी आउने भएका हुन । यही माघ १९ गते बिहीवार साझ ५ बजे इटहरीको ट्राफिक अफिस नजिकै पिपल चोकमा आयोजना हुने प्रोमोशनल कन्सर्टमा कालिप्रशादले उन का हिट गीतहरु गाउनेछन।
शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिने फिल्मका कार्यकारी निर्माता मणिराम पोख्रेलले जानकारी दिए । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम गर्नेछ ।
यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको ‘फुलबारी’ मा मनिष ढकालको निर्माता तथा मणिराम पोखरेल कार्यकारी निर्माता रहेकाछन । फिल्ममा विपिन कार्की र अरुणा कार्कीलाई जोडीको रुपमा देखाइएकोछ । बिपिन र अरुणाका अलवा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म यही फाल्गुन ५ गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ ।