नेपालमा पछील्लो समय बिभिन्न कारणले मानसिक रोगका बिरामी हरु बढ्दै गएका छन । बिरामी पत्ता लागेर पनि करिव ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन । मङ्गलवारदेखि काठमाण्डाैमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले याे जानकारी दिएका हुन् ।मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताए । नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताए । उहाँले भन्नुभयो, ‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेका छन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरूमा छ । नेपालको अवस्था हेर्दा झन्डै ९० प्रतिशत मानसिक राेगी उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एसियामा जनसङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ ।’सम्मेलनमा मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताए ।