पछिल्लो समय निकै प्रतिक्षित बन्दै गरेको यही शुक्रबारबाट प्रदर्शनमा आउने बहुप्रतिपक्षत सिनेमा ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले दिमाग खराबलाई उच्च शो दिएका छन् ।निर्माण टिमले प्रदर्शन अगाडी गरेको व्यापक प्रचारको फाईदा शोमा देखिएको छ । अनि सिनेमाको सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च हाइप बनाएको छन् । साथै निर्देशक निश्चल बस्नेत ६ वर्षपछि निर्देशनमा फर्केकाले पनि दर्शक सिनेमा हेर्न उत्साहीत छन् । जसको फाइदा बक्सअफिसमा देखिने विश्वा निर्माण टिमलाई छ ।यो समाचार तयार पार्दासम्म देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सिनेमालाई काठमाडौं उपत्यकामा २५ शो दिएको छ, भने मोफसलका चेनमा ३३ शो उपलब्ध गराएको छ । यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ खोलेका छन् ।
आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।