नेपाली काङग्रेस संसदिय दलका नेता उद्दव थापाको मुख्यमन्त्रीमा नियुक्त्ती बाँदर भए संगै कोशी प्रदेश सरकारबिहिन भएको छ । सरकार निर्माणको लागी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय आज सकिदैछ । संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन्। सत्तारुढ गठबन्धनले बहुमत पुर्याएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ मत जुटाएर मुख्यमन्त्रीका लागी दाबी गर्ने तयारी गरेका हुन्।