मौसम परिर्वतन भएसँगै रुघाखोकीका बिरामी बढ्न थालेका छन् । रुघाखोकीलाई सामान्य ठानेर उपचार नगरेको खण्डमा ‘एचथ्रीएन टु इन्फ्लुएन्जा’ अर्थात् हङ्कङ फ्लु पनि हुन सक्छ । रुघाखोकी सामान्य नभएर इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएन स्ट्रङ हुनसक्ने सरुवा रोग विशेषज्ञले बताउँछन् ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुँदा कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने बताए ।यो समयमा लाग्ने रुघाखोकी मौसमी फ्लु मात्रै नभए एचथ्रीएन टु इन्फ्लुएन्जा सङ्क्रमण हुन सक्ने उनको भनाइ छ । उता भारतको नयाँ दिल्लीका चिकित्सकले एचथ्रीएन टु इन्फ्लुएन्जालाई कोरोना भाइसर कोभिड–१९ जस्तै फैलिन सक्ने चेतावनी दिएका छन् ।