काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन सम्पन्न गरेको यस वर्षको बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सम्पन्न भएको छ । आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले जानकारी दिए ।
कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा समेत छन् । चलचित्रको अन्य कलाकारहरु सार्वजनिक नगरेपनी हाल सम्म सार्वजनीक भएका कलाकारहरु दीपक राज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटी हुन । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायांकन लगत्तै पोस्ट–प्रोडक्सनमा जानेछ । ‘छक्कापञ्जा ५’ मा सबै कलाकारहरु तत्काल सार्वजनिक नगरेपनी रिलिजकै क्रममा सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । चलचित्र यही बर्ष दशैंको फूलपातीका दिन अर्थात असोज २४ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ ।