पुरुष र महिला मोडलहरु खोज्ने सौन्दर्य प्रतियोगीता, मोडल हन्ट ‘फेस अफ नेपाल’ को कोशी प्रदेशको लागी अडिशन यही असार ११ गते इटहरीमा हुने भएको छ । अडिशन इटहरी पुर्व लाइन बुढीखोला पुल नजिकको उत्सव होटलमा हुने छ । आयोजक एमएस प्रोडक्सन नेपालले शनिवार इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगीता र इटहरी अडिशनबारेमा जानकारी दिएको हो । सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुन लागेको र देश्याव्यापी रुपमा प्रभावकारी रुपमा आयोजना गर्ने तयारी रहेको आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीले जानकारी दिएकिछिन । अहिले प्रतियोगिताको आयोजक परिवर्तन भएको छ । यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ मेनुका माझी प्रबन्धक रहेको एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको छ । बिगतका प्रतियोगीताहरु काठमाडौँ केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षबाट भने देशव्यापी बनाउने तयारी रहेको प्रबन्धक तथा मोडल मेनुका माझीले जानकारी दिएकिछिन ।

गत वैशाख १७ गतेबाट नै आवेदन खुल्ला भैसकेको सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउने , निर्देशक मेनुका माझीले बताइन । प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् । यस्तै उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् । आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने छ ।नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ । पहिलो अडिसन इटहरीमा हुनेछ भने प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा हुने आयोजकले जनाएको छ ।

स्थानिय अडिशनका लागी मुख्य निर्णयक एकजना हुनेछन भने बाकी निर्णयकहरु स्थानिय नै रहनेछन । छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा निर्णयक मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्। फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।

प्रतियोगीता अवधीभर सहभागीहरुले बिभिन्न ज्ञान गुणका कुरा साथै अतिरिक्त्त कृयाकलाप साथै लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने सुनौलो अवसर रहेको मिसेस पुर्वान्चल २०१८ कि बिजेता तथा कोरियोग्राफर शान्ती पाख्रीनले जानकारी दिइन । म आफु पनि गाउबाट प्रतिनिधित्व गरेर आएकोले फेस अफ नेपालले पनि गाउ गाउमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन देश्व्यापी रुपमा अडिशन गर्न लगेको जानकारी दिएकी छिन । बाहिरी सुन्दरता भन्दा भित्री सुन्दरतालाई लाई सबै सामु बाहिर ल्याउनको लागी यस्तो सौन्दर्य प्रतियोगीताको आवशयक रहेको पाख्रिनको भनाइ छ । अडिशनहरु कोशी प्रदेशको इटहरी , मधेश प्रदेशको जनकपुर र बिरगन्ज, लुम्बिनीको बुटवल, गण्डकीको लागी पोखरा र बागमती प्रदेशको लागी काठमाण्डौमा हुने आयोजकले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।