डेव्यु फिल्म मेकिङ देखिनै आफ्नो सिनेमामा केहीन केही नयाँ अनी फरक गर्न, नयाँ प्रायोग गर्न रुचाउने निर्माता, निर्देशक सन्तोष सेन ले यसपटक आफ्नो अर्को मेगा प्रोजेक्ट ‘बलिदान’ का लागी दक्षिण भारतीय सिनेमा जगतका चर्चित दुई व्यतिहरुलाई सिनेमामा भित्र्याउदैछन । उनले बलिदानका लागी मुख्य छायांकार र द्वन्द्द निर्देशक भित्र्याउने भएका हुन । साथै प्राविधिक रुपमा आवश्यक सम्पूर्ण आवश्यक प्राविधिक सामग्रीहरु पनि भारतबाट नै ल्याउने भएका हुन । बलिदान को कथालाई महाकथा भन्दै आएका सेनले यस पटक चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थङ्गलम’ लगायतमा काम गरिसकेका द्वन्द्द निर्देशक स्टन्डर साम र सुपरस्टार रजीनिकान्थको चलचित्र ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको चलचित्र ‘आचार्य’को छायाङ्कन टिममा रहेर काम गरेका साथै गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’का समेत छायांकार रहेका शरण ऋषि टिममा भित्रिएका छन । उनिहरु संगै करिब ५० जनाको प्राविधिक टिमले ‘बलिदान’मा काम गर्ने बलिदानका निर्देशक समेत रहेका सेनले बताए ।

चलचित्र ‘बलिदान’ उत्पादन-ऐतिहासिक र युगान्तकारी सावित हुने हुँदा यतिखेर हाम्रो जम्बो टिम ठूलै मिहिनेत र लगानी खर्चेर प्रिप्रोडक्सन रणभूमिको अन्तिम चरण रहेको सेन को दावी छ । हाम्रो टिम यस चलचित्रका लागि जस्तोसुकै त्याग र बलिदान गर्न तयार छ, वर्षौ देखी कथा पटकथा-महिनौं देखि छायांकन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागी आफुहरु लागिरहेको सेनको भनाइ छ । बलिदान को लागी यतिबेला कोशी प्रदेशको विराटनगर,इटहरी,रंगेली,कानेपोखरी।।क्षेत्रमा आफ्नो टिम डटिरहेको सेन को भनाइ छ । प्रचलनमा आएका कस्तो विषय- कस्तो प्रस्तुति- त्यो हामीले हेर्दै हेरेनउ बस् जतिसुकै समय लागोस् जतिसुकै पसीना बगोस् हजारौ,लाखौ हातहरु किन नलागोस् हामीले पस्कने विषय र प्रस्तुतीले यो मातृभूमिमा रहने जो कसैको गर्वले छाती चौडा होस भन्ने अपेक्षाका साथ काम गरिरहेको सेन बताउछन ।

आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा डेव्यु अभिनेता समिर भट्ट अनुबन्ध भैसकेकाछन । समिर चर्चित नायक बिराज भट्टका छोरा हुन । सिनेमा आउने बर्ष २०८१ को दसैंमा विश्वव्यापी रिलिज गर्ने तयारी रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।