ईंङलिश क्लब म्यानचेस्टर सिटीले यो सिजनको उपाधिमा ह्याट्रिक गरेकोछ । क्लबले महत्वपूर्ण तीन उपाधी प्रिमिएर लिग , एफए कप र च्याम्पियन लिग जितेको हो । आइतवार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको च्याम्पियनको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले च्याम्पियन्स लिग जितेसँगै एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ । सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।