आफ्ना दिवङ्गत आमा बुवाको स्मृति हाल लण्डन बसिरहेकी पोखरा १३ निवासी मिना पाख्रिनले धरानका मेयर हर्क साम्पाङको धरानलाई पानी खुवाउने अभियानलाई Day one देखि हेरिरहनुभएकि मिनाले बुवा पस बहादुर पाख्रिन र आमा नाउ कुमारी पाख्रिन को स्मृतिमा रुपैयाँ २५००० ( पच्चिस हजार ) कोकाह खानेपानी अभियानलाई सहयोग गरेकिछिन । उक्त्त रकम समाजसेवी मीना सिङ्गक मार्फत मेयर साम्पाङलाई हस्तान्तरण गरिएको हो । मेयर साम्पाङको अभियानलाई भित्र मनैबाट राम्रो लाग्ने र सहयोग गर्ने इच्छा भएको तर सहयोग गर्ने माध्यम नपाएको कारण धेरै पछि पत्रकार बिस्व लिम्बु मार्फत समाजसेवी मिना सिङ्गक सँग संपर्कमा आएर रकम प्रदान गरिएको उहाँकि छोरी स्याङ्देन मन्जुले जानकारी दिइन । आफ्नो आमाको सहयोग गर्ने सपना पुरा गर्न रकम लिएर धरान आएर हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको मन्जुले बताइन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।