संखुवासभामा निर्माणधिन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र आज मंगलबार बिहान करिब ३ बजे सुरुङभित्र ब्लाष्टिङ गर्ने क्रममा माथिबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका– ५ का २२ वर्षीय सूर्य गोले तामाङको मृत्यु भएकोछ । घाइते हुनेहरुमा भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल–५ का ३८ वर्षीय मंगोल तामाङ रहेका छन् । मृतक सूर्यको टाउकोमा गम्भीर चोट लागेको थियो भने घाइते मंगोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।