रियल मड्रिडलाई ३-१ गोलले पछार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिश सुपर कपको च्याम्पियन बनेकोछ । आइतबार राति किङ फाद इन्टरनेसनल स्टेडियम साउदीमा भएको खेलमा साविक विजेता रियललाई ३–१ ले पराजित गर्दै बार्सिलोना ३ सिजनपछि च्याम्पियन बन्न सफल भएको हो । बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरे । रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३३औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।