नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीवीच एकताको लागी पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेकोछ । बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन् । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको छ । वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने भएकोछ ।