इजरायल र प्यालेस्टाइन बिचको युद्दमा परी १० जना नेपाली बिधार्थीहरुको मृत्यु भएको छ । नेपालबाट इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको छ । साथै एक जना सम्पर्कविहीन छन् भने चार जना अस्पतालमा उपचारत छन् ।नेपालका तीन विश्वविद्यालयबाट अध्ययनका लागि २६५ जना इजरायलमा गएका थिए । तीमध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना थिए । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले १० जनाको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको बताइन । अरू चार जना अस्पतालमा उपचारत भए पनि खतरामुक्त भएको उनले बताएकि छिन। । राजदूत रिजालका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन गर्न गएका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको किबुज अलुमिन भन्ने स्थानमा हताहत भएकाछन ।