धराने कालो बङ्गुरको मासुले प्रख्यात धरानमा असार १ गतेबाट बङ्गुरको मासुको भाउ ३६० बाट बढेर ४२० मा किनबेच हुने भैरहेको बेला मासु व्यवसायीहरुले धरान उपमहानगरपालिका सँग समन्वय नगरी आफुखुसी मासुको भाउ बृदि गरेका थिए । ४२० प्रतिकेजी किनबेच भैरहेको बङ्गुरको मासुको प्रतिकेजी ८० रुपैया बढाएर प्रती केजी रु ५०० बिक्री बितरण गरेपछी चौतर्फी बिरोध हुन थालेको थियो । नगरपालिका सँग समन्व्य नगरी मासुको भाउ बृदि गरेपछी धरान उपमहानगरपालिका बजार अनुगमन समिति र धरान मासु व्यवसायी संघ बीच आईतवार बैठक बसी वृद्धि गरिएको बंगुरको मासुको मूल्य हाललाई फिर्ता गरी थप बैठकबाट मूल्य समायोजन गरिने निर्णय भएको अनुगमन समिति संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । व्यवसायीहरुले भाउ बृदि गर्नु पर्ने माग राखेपनी हाललाई पुरानै दर प्रतिकेजी ४२० नै कायम गरी केही दिनमा पुन बैठक बसी मूल्य समायोजन गरिने संयोजक बेघाले जानकारी दिए ।
धरान मासु व्यवसायी संघले सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ नबढएको भएपनी व्यवसायीहरुको माग सम्बोधन हुनेमा आफुहरु बिस्वस्त रहेको भन्दै हाललाई बृदि भएको भाउ स्थगित गरेर पुरानै दरमा बिक्रिगर्ने धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बताए । अन्य ठाउँमा सुगुरको मासुको भाउ वृद्धिभएपनी धरानमा भने विगत ५ बर्षदेखि वृद्धि भएको थिएन । चारोको भाउ निरन्तर बढीरहदा पनि मासुको भाउ नबढ्दा वंगुर पालन गर्दै आएका किसानहरुलाई मार परेको गुनासो आएपछि मुल्य समायोजन गरिएको अध्यक्ष तामाङले बताए ।