भदौको २९ गते दुई नेपाली चलचित्रहरु एक भागवत एक गीता र नाङ्गो गाउ प्रदर्शनमा आएपछी कारीब एक महिना सुनसार बनेको नेपाली चलचित्र बजार अब यही असोज २६ गतेबा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र परदेशी -२ माथी धेरैको आसा रहेको छ । गत बर्षको दसैंमा प्रदर्शनमा ल्याउने उद्देश्यले निर्माण गरिएको परदेशी -२ सोही मितिमा अन्य चलचित्र पनि प्रदर्शनमा आए पछी निर्माण बिभिन्न कारण देखाउदै परदेशी -२ लाई ब्याक गराएको थियो र यस बर्षको दसैंको अवसरमा प्रदर्शनको तयारीमा रहेको छ । तर निर्माण टीमले भने दसैंको बिषयबस्तु र कथा भएको ले पनि दसैंमै रिलिज गर्नु परेको दावी गर्दै आएको छ । प्रचार प्रसारमा केही फरक शैली अपनाउने कोशीस गरेको परदेशी -२ टिमले एक नाइट बस रिजर्भ गरेर पश्चिमका बिभिन्न शहरहरुका कलेजहरुमा पुगेर बिभिन्न कार्यक्रम गर्यो । संगै चलचित्रका मुख्य कलाकार प्रकाश सपुतको गृह जिल्ला बाग्लुङमा पुगेर चलचित्र प्रदर्शनमा आउन भन्दा लगभग १५ दिन अगाडी प्रिमियर शो पनि गर्यो । चलचित्रले स्थानिय दर्शकहरुबाट वाह वाही र गीत ट्रेलर हरु ट्रेन्डिङमा परिरह्दा निर्माण टिम चलचित्र चल्ने मा ढुक्क छन ।
पश्चिमको प्रचार प्रसार सकेर पुर्वको प्रसार प्रसारमा कोशी प्रदेशका मुख्य शहरहरु धरान इटहरी, बिराटनगर, दमक बिर्तामोडमा सोमबार र मंगलबार दुइदिन सम्म पत्रकार भेटघाट, बिभिन्न कार्यक्रममा सहभागी भएर चलचित्रको टिम फर्किसकेको छ । चलचित्रका मुख्य कलाकारहरु गायक प्रकाश सपुत ,बर्षा शिवाकोटी र निर्माता राजेश बंशल दुई दिन सम्म पुर्वका शहरहरुमा आफ्नो चलचित्र हेरिदिन आग्रह गरे । कोही मेरी ,गोर्खा पल्टन र परदेशी निर्माण गरेको टिमले नै निर्माण निर्देशन गरेको चलचित्र परदेशी -२ अघिल्लो चलचित्र भन्दा अझ बढी मेहनत गरेको र उत्कृष्ट बनेको निर्माता राजेश बंशलको दावी छ ।
उता कलाकार प्रकाश सपुतको कन्फिडेन्ट देख्दा लाग्छ चलचित्र सुपर डुपर हुनेछ । चलचित्रको निर्माण टिम र कलाकार मात्र हैनन चलचित्रकर्मीहरु , हलवालाहरु र दर्शकहरुमा चलचित्रलाई लिएर निकै उत्साह बढेको छ । सफल फिल्म ‘परदेशी’को सिक्वेल परदेशी -२ ल बम्पर ओपनिङ गर्नेमा धेरैको बिश्वास छ । सफल गायक बाट नायकमा डेब्यु गरेका प्रकाशको नामले के कतिको फाईदा देला या सफल चलचित्र परदेशी को नामले फाईदा देला यस्को लागी असोज २६ गते सम्म कुर्नु को बिकल्प छैन । हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको रायमाझीले बताए । चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी र वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।