शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी रहेको छ । सुरुमा हमासले इज्रायलमाथी सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो । त्यस क्रममा हालसम्म ७० जना इज्रायली र १९८ जना प्यालेस्टिनीहरू मारिएको बताइएको छ । त्यस्तै ७०० भन्दा बढी इजरायलीहरु घाइते भएको विवरण प्राप्त भएको छ । अमेरिका, भारत, ईयूलगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर अमेरिकाले घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन ।