परमादेशबाट कम्ब्याक गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। कार्कीले आज प्रदेशसभामा विश्वासको मत माग्ने तयारी गरे पनि मत नपुग्ने देखेपछि राजीनामा घोषणा गरेका हुन्। मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए। उनी नेपालको संविधानको १६८ को (३) अनुसार नियुक्त भएका थिए। अब संविधानको १६८ को धारा ५ अनुसार नयाँ सरकार गठन हुने यवस्था छ। कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा एमालेका उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र का १३, नेकपा एकीकृत समाजवादीका चार, जसपा एक र राप्रपाका ६ जना प्रदेशसभा सदस्य छन्। उनले प्रदेशसभा बैठकमा बोल्दै प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा बुझाउने बताए।