नेपाली नर्सहरुलाई बेलायत (युके ) लानको लागी आव्हाव्न गरिएकोको आवेदनमा माग संख्या भन्दा ६ गुणा धेरै आवेदन परेका छन । आवेदन ६ गुणा धेरै भएपनी आवश्यक कागजात पूरा गर्नेको सङ्ख्या न्यून देखिएको अधिकारीहरूले बताएका छन्। आवेदनका लागि अक्टोबर १९ सम्मको समय तोकिएकाले उनीहरूले आवश्यक पर्ने सबै कागजात पेस गर्ने समय अझै बाँकी रहेको छ।त्यस अवधिमा पहिले नै फर्म भरेका अधिकांशले आवश्यक कागजात पेस गरिसक्ने र थप अन्यले पनि आवेदन दिनसक्ने अधिकारीहरू बताउँछन्।प्रक्रिया सुरु गरिएको एक वर्ष भइसक्दा पनि यूकेमा नर्सहरू पठाउने काम नथालिएको भन्दै आएका खबरहरूलाई भने अधिकारीहरूले खण्डन गरेका छन् र चाँडै प्रक्रिया पूरा गरेर नर्सहरू पठाइने बताएका छन्।वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउनेगरी यूकेसँग समझदारी भएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।