मङ्सिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि जनताको सेवक बन्न स्वातन्त्र उमेदवारी दिएको हो । कार्तिक २९ गते धरानको चुनावी सभालाई सम्बोधन गर्दै मनोज मेन्याङवो आफु शासक बन्न नभएर जनताको सेवक हुन उम्मेद्वार भएको बताएका हुन् ।बिगतका हाम्रा नेताले आम जनता प्रती देखाएको अनुत्तरदयी रवैया शासक प्रब्रिती देखाइ धरान, समग्र सुनसरी क्षेत्र नं १ ले नै केन्द्रबाट उपेक्षा भएको बताए । एमाले र कांग्रेसले आफ्नो र सुनसरीबासीको भावनामाथि कहिल्यै कदर नगरेको बताउदै, उनले धरान र सुनसरी जिल्लाले नै अहिलेसम्म ठूला बजेट र कार्यक्रम प्राप्त गर्न नसकेको बताए । यस्तै ठूला दलको निरंकुशता र स्वेच्छाचारीलाई भत्काउन नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्रबाट बागी उम्मेदवारी दिएको जनाए । आफुले एमालेको निर्णयको जवाफ जनादेशले दिने गरी खरायो चुनाव चिन्ह लिएर स्वातन्त्र उमेदवारको रुपमा निर्वाचनमा होमिएको बताउनु भयो । आफुसंग जनताको सेवक भएर काम गरिसकेको अनुभव रहेको र आगामी दिनमा पनि उक्त अनुभव सदुपयोग गर्दै धरान समग्र सुनसरी क्षेत्र नं १ का जनताको पक्षमा नीति बनाउन र विकासको लागि पहलकदमी गर्ने बताउनु भयो । आफुले थुकेको थुक नचाट्ने बताउदै ५ वर्षका लागि धरानले सम्झिरहने खालको काम गर्ने, आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई पनि बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
एमाले जसपा गठबन्धनका उम्मेदवार अशोक राईप्रति कटाक्ष गर्दै उनले गठबन्धनको नाममा दोहन गर्न खोजिएको उनले बताए । उनले जसपाका नेता, कार्यकर्ताको समेत आफूमा समर्थन रहेको दावी समेत गरे । स्वातन्त्र उमेदवारको चुनाव चिन्ह खरायोमा जनलहर देखेपछी ठुला दलहरु तिलमिलाएका छन्, र म विरुद्ध अफवाह फैलाउन थालेको बताए ।
आफ्नो चुनावी एजेन्डामा मेन्याङवोले शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड दिएका छन् ।
हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक यस क्षेत्रले गुमाएको मेडिसिन क्याम्पस, अदालत, खाद्य प्रयोगशाला, क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्रीय अस्पताल धरान अस्पतालको अस्तित्व, वाणिज्य बैंकको क्षेत्रीय कार्यालय कृषि विकास बैंकको क्षेत्रीय कार्यालय यस क्षेत्रबाट अन्यत्र सारिएको र हालसालै ६४८ मेघाहर्जमा तीन कुनेबाट बज्ने गरेको रेडियो नेपालको मिडियम वेभ बन्द गरेको लगायतका कुराहरुले सुनसरी क्षेत्र नं १ लाई हेर्ने नजर केन्द्रमा बसेर हालिमुहाली गर्नेहरुको कहिले सकारात्मक नभएकाले यसलाई आफुले सच्याउन प्र्यत्त्न गर्ने बताएका छन् ।
धार्मिक संस्कार, चाडपर्व तथा मन्दिर र तीर्थस्थलहरु यस क्षेत्रका सम्पत्ति भएको बताउँदै यहा प्याराग्लाइडिङ्ग, जीपलाइन, ग्लासविज, रोप क्लाइम्बिङ्ग, हाइकिङ्ग र साइक्लिङ्ग आदि क्षेत्रका पर्यटकीय आकर्षण केन्द्रहरु बनाउने बताए । उनले धरानलाई शिक्षा क्षेत्रको केन्द्रका रूपमा विकास र गुमेको व्यापार व्यवसायलाई पुनर्जागृत गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा चुनाव प्रचारप्रसारका संयोजक एवं ब्लाष्ट टाइम्स दैनिकका सम्पादक समेत रहेका किशोरकुमार कार्कीले मनोजले नै यसपटक जित्ने दावी गरे । उनले एमाले र कांग्रेसकै मत पनि मनोजलाई आउने दावी गरे ।
चुनावी सभालाई सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटा, पुर्वअध्यक्ष अशोक ताम्राकार, पुर्वउपाध्यक्ष राजकुमार राई, प्राध्यक्षक हरिप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका पुर्वकेन्द्रीय सदस्य धर्म खड्का, नेपाली कांग्रेसका प्रेमप्रसाद पराजुलीलगायतले सम्बोधन गरेका थिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।