धरान उपमहानगरपालिका को कार्यपालिका बैठक ३० मिनेटमै स्थगीत भएकोछ । करिव एक महिना पछी बल्ल बसेको बैठक मेयर हर्क साम्पाङले माफि मागन अस्विकार गरेपछी बैठक स्थगीत भएकोछ । गत असोज १३ गतेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भन्ने शब्द प्रयोग गरेको बिषयले आजको बैठक पनि प्रभावित भएको हो । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उक्त भनाई प्रति मेयर साम्पाङले आत्मालोचित हुनुपर्ने वा माफी माग्नुपर्ने माग राखेका थिए ।
तर, मेयर साम्पाङले आफुले पटक पटक बस्नुस् भन्दा नमानेको र आफु बैठकको अध्यक्षता गरिरहेकोले भनेको नमान्नु पनि मर्यादाविपरीत भएको भन्दै आफुले गल्ती नगरेको कारण माफी नमाग्ने अडान राख्दै आएका छ्न । सोही बिषयलाई लिएर मेयर र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुबीच झण्डै आधा घण्टा चर्काचर्की चलेको थियो । लामो छलफल हुँदा पनि एजेण्डामा प्रवेश गर्ने अवस्था नबनेपछि मेयर साम्पाङले बैठक स्थगित भएको घोषणा गरेका थिए ।