गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ आज बाट दोस्रो हप्तामा प्रबेश गरेकोछ । हप्ताभरीनै नेपालभरीका हलहरुमा हाउसफुलका साथ चलेको फिल्म केहीदिन सम्पूर्ण बिधालय र सरकारी कार्यालय खुले संगै बिहानी र दिउसोको शो हरु केही काम भएपनी रात्रीकालिन शो हरु हाउसफुलका साथ नै चलिरहेको छ । आज हरिबोधनी एकादशीमा कही कही बाहेक प्राय छुट्टी रहेकोले आज र भोली शनिबारको व्यापार फेरी पनि राम्रो हुने हल संचालक हरुले जानकारी दिएकाछन । निर्माण टिम कलाकार सहित यतिबेला पश्चिम नेपालका बिभिन्न हलहरुमा दर्शकहरु सँग बसेर खुसी साटिरहेकाछन ।
नेपाल भरेका दर्शकहरुले ‘महापुरुष’ अत्यधिक मन पराइरहेकाछन । हरेक हलमा पछील्लो समय स परिवार गएर फिल्म हेरिरहेकाछन । छोराको बिहे गर्ने समयमा बुढ्यौली पिताको अंकुराएको प्रेम र बिहे गर्ने निर्णयपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ ।