निर्देशक बिजय संयक सुब्बाको निर्देशनमा नेपाली भाषाको लिम्बु जाती बिशेष चलचित्र “हाँङनान्द” को फर्स्ट लुक्स सार्वजनिक भएकोछ । “हाँङनान्द” पंधाक फिल्म प्रोडक्सनको व्यानरमा लिम्बु जातीको महत्वपूर्ण बाजा च्याब्रुङ को ऐतिहासिक उत्पतीको विषय समेटेर लिम्बु मौलिक कथालाई समेटेर निर्माण भएको फिल्म हो । हङकङमा बसोबास गर्दै आएका हेमन्तकृष्ण पंधाक लिम्बुको लेखन रहेको मौलिक कथा रहेको फिल्ममा बिजय संयोक सुब्बाको पटकथा तथा निर्देशन रहेकोछ । लिम्बु मुन्धुमी कथामा आधारित नेपाली चलचित्र हाङनान्द लाई धन कुमारी लिम्बुले निर्माण गरेकी हुन । यस चलचित्रको माध्यमबाट नेपाली समुदाय तथा अन्तरराष्ट्रिय स्तरमा लिम्बु मुन्धुमी संस्कृतीलाई परिचित गराउने उद्देश्य रहेको निर्देशक सुब्बाले बताए । लिम्बु जातीको महान चाड उभौली पर्ब चासोक तंङनामको अवसर पारेर “हाँङनान्द” चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो । यस सार्वजनिक पोस्टरमा मुन्धुमका प्रतीकात्मक चरित्र साथै बर्तमान चरित्र निर्वाह गर्नुहुने मुख्य कलाकार हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे र विजय संयोक सुब्बालाई स्थान दिइएको छ ।
केराबारी, धरान, झापा, ताप्लेजुङ फक्ताङ्लुङ र काठमाडौंमा छायांकन गरिएको “हाँङनान्द” मा मुख्य भूमिकामा अभिनेता हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे, चन्द्रघोज लिम्बु, युमारानी लिम्बु, बिनोद पोमो, नबिन मेन्याङबो, उदय कुरुङबाङ छन भने हिमाल दाहाल, संगीता लावती रहेकाछन । फिल्म “हाँङनान्द” चर्चित सिनेम्याट्रोग्राफर् दीपक बज्राचार्यको छायांकन , झुमा (वनेम) लिम्बुको संगीत , पूमुख सह निर्देशक संगीतकार महेश बराल, राजेन्द्र खड्काको सम्पादन , रमेश थापाको VFX (Animation) , सूवल आर।पीको साउण्ड , मिलन सुबेदीको प्रोडक्सन डिजाइनर र कस्ट्युम परिकल्पनाकार संगीता लावतीको रहेकोछ । “हाँङनान्द” को निर्देशन एड्भाइजरको रुपमा केदार भुसाल रहेकाछन ।