धरान ख्रीस्टमस महोत्सव -२०७९ आज बाट सुरु भएकोछ । येशु ख्रिस्टको जन्मोत्सवको अवसरमा धरानभरीका चर्चहरुले संयुक्त रुपमा आयोजना गरेको धरान ख्रीस्टमस महोत्सव -२०७९ आज बाट धरान १५ स्थित चुम्लुङ भवनको प्राङ्गणमा आज केक काटेर भव्य उदघाटन गरिएकोछ । छ । धरान उपमहानगरपालिकाका उप मेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा उदघाटन भएको कार्यक्रम ३ दिन सम्म चल्ने धरान ख्रीस्टमस महोत्सव -२०७९ मुल आयोजक समितीका संयोजक हिमाल राई (जोसेफ) ले जानकारी दिए । आजको उदघाटन कार्यक्रममा धरानभरीका इसाई तथा गैर इसाइ हरुको उपस्थिती थियो । महोत्सवमा जम्मा १२ वटा स्टलहरु रहेकाछन । स्टलहरुमा बिभिन्न जातिय परिकार् सङ्गै आर्गनिक साग सब्जी , चिया , अचार , जुत्ता चप्पलको स्टलहरु रहेकाछन ।
आज पहिलो दिन बिभिन्न चर्चहरुले बिभिन्न प्रस्तुतीहरु दिएका थिए । सियोन मेथोडिस्ट चर्च धरान -१६ को स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा ज्योति चर्च , सानोबगाल चर्च , आशिष होम , न्यु लाइफ चर्च, शालोम चर्च साथै बिभिन्न युवाहरुले एकल प्रस्तुती दिएका थिए । नेपाल टेलिभिजन बाट प्रशारण् हुने हुने कार्यक्रम खुशीको संसारको टिम समेत् महोत्सबको मुख्य आकर्षण हुन । टिमले आज केही प्रस्तुती दिए भने भोली अझ धेरै प्रस्तुती हरु दिने आयोजकले जनाएकोछ । महोत्सवको आकर्षणको रुपमा हेरिएको , इसाई जगतका चर्चित गायक राजेश राईले पनि एउटा गीत गाएर सुरुवात गरेकाछन । उनको बिशेष प्रस्तुती भोली रहने आयोजकले जनाएकोछ । चुम्लुङ भवनमा उदघाटन भएको महोत्सवको समापन भने धरान लोकतान्त्रिक चौक ( भानुचौक )मा पौष ३ गते हुने सचिव राईले जानकारी दिए ।महोत्सवको अन्तिम दिन अथवा ३ गते सुसमाचारिय ख्रीष्टमस महोत्सव साङ्गेतिक कार्यक्रम- २०७९ हुने सचिव राईले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उप मेयर अईन्द्र बिक्रम बेघाले आफु इसाईहरु सङ्ग धेरै नजिक भएको बताएका छन । उनले पुरानो व्यवस्था वदल्न हामी सबै जाती धर्मका मानिसहरु लागिपरेको बताउदै व्यवस्थाले दिएको अधिकार लाई उपयोग गर्दै एकत्रित भएर, जानुको बिकल्प नभएको बताए । उनले अब सबै जाती धर्मका मानिसहरु एक भएर जुट्नु आबश्यक रहेको बताए । बेघाले कसैको मन नफाटुन एक भएर अघी बढ्न, एकभएर जुट्न आग्रह गरे । । उनले नगर सरकारले सबै धर्म संस्कृतको स्वामित्व ग्रहण गर्न आवश्यक बताए । उनले मन्दिर मा टेक्ने सरकारले चर्च मा पनि टेक्नु सक्नु पर्नेमा जोड दिए । अन्य जातिय र धार्मिक पर्वहरुलाई जस्तै ख्रीस्टमसलाई पनि नगरले प्राथमिकता दिनुपर्ने बताउदै अगामी दिनहरुमा ख्रीस्टिय समाज सङ्ग सहकार्य गरेर इसाई पर्वहरुलाई प्राथमिकता दिने बताए ।