२३ औं संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगिताको तयारीको लागी धरान वडा नम्बर ५ द्वारा खेलाडीहरुलाई खेल सामग्रीहरु हस्तान्तरण गरिएको छ । आज धरान ५ को वडा कार्यलयमा वडाध्यक्ष मन प्रशाद लिम्बु , वडा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितीमा एक कार्यक्रम गरी वडा बाट सहभागी हुने खेलाडीहरुलाई ३५ हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको वडासदस्य बिजय राईले बताए ।
अगामी माघमा आयोजना हुने प्रतियोगिता तयारीको लागी ६ पिस बल , एक दर्जन डिस ,दुइ सेट ल्याडर ,५० पिस मार्कर कोन लगायतको आबश्यक सामग्रीहरु प्रदान गरिएको राईले जानकारी दिए । सामग्रीहरु हस्तान्तरण पछी वडाध्यक्ष लिम्बुले खेलाडीहरुलाई राम्रो तयारी गर्न सुझाव दिदै जितको शुभकामना दिए ।