धरानमा तीनदिने धरान ख्रीष्टमस महोत्सव २०७९ हुनेभएकोछ । येशु ख्रिस्टको जन्मोत्सवको अवसरमा धरानभरीका चर्चहरुले संयुक्त रुपमा आयोजना गर्न लागिरहेको ख्रीष्टमस महोत्सव २०७९ यही मङ्सिर २९ गते देखी १ गते सम्म धरान १५ स्थित चुम्लुङ भवनमा हुने ख्रीष्टमस महोत्सव २०७९ मुल आयोजक समितीका संयोजक हिमाल राई (जोसेफ) ले जानकारी दिए । महोत्सव यही मङ्सिर २९ चुम्लुङ भवन परिसरमा बिभिन्न कार्यक्रम गरेर उदघाटन गरिने समितीका सचिव रमेश राईले जानकारी दिए ।

महोत्सवमा २० वटा स्टल रहनेछ । स्टलमा बिभिन्न परिकारका खानेकुरा साथै आरगनिक कृषि उत्पादन समेत राखिने राईले जानकारी दिए । चुम्लुङ भवनमा उदघाटन भएको महोत्सवको समापन भने धरान लोकतान्त्रिक चौक ( भानुचौक )मा पौष ३ गते हुने सचिव राईले जानकारी दिए ।महोत्सवको अन्तिम दिन अथवा ३ गते सुसमाचारिय ख्रीष्टमस महोत्सव साङ्गेतिक कार्यक्रम- २०७९ हुने सचिव राईले जानकारी दिए । राईका अनुसार महोत्सवमा इसाई जगतका ख्यातीप्राप्त गायक राजेश राई साथै धरानभरीका बिभिन्न चर्चको बिशेष प्रस्तुती रहनेछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।