फुलबारी एकता समाज धरान – ५ तल्लो देउरालीको अध्यक्षमा कवि चन्द्र याख्खा चयन भएकाछन । शनिबार समाजको भवनमा भएको साधारण सभाले याखाको टिमलाई सर्वसम्मत चयन गरेको हो । सभाले अध्यक्षमा कवि चन्द्र याखा उपाध्यक्ष -गोपाल साम्पाङ राई ,सचिब- पासाङ शेर्पा ,कोष अध्यक्षमा , रमेश गदाल सदस्यहरुमा कमला लिम्बू राई ,सरिता लिम्बू,भावना राई,मनिराज राई,मनोज देवान सल्लाहकारमा धन कुमार राई ,खिल मान खजुम ,घन स्याम तामाङ ,कृष्ण कार्की र शोभा राईलाई चयन् गरेकोछ । समाजको आर्थिक लेखा समितीमा भने मनोज खजुम ,राज कुमार राई,सुर्य राई,भुपाल खजुम र इन्द्र लिम्बू रहेकाछन ।
नयाँ समिती चयन् भए संगै समितीले नयाँ नयाँ योजना अघी सारेकोछ । समितिले पहिलो चरणमा फुलबारी एकता समाजलाई दर्ता गर्ने र दर्ता प्रकृयामा लानको लागी समाजको बिधान बनाउन तयातयारी भैसकेको सचिव पासाङ शेर्पाले बताए । दर्ता संगै फोक्ल्याण्ड टापु एरिया, तल्लो देउराली सुन्दरबस्ती लोकतान्त्रिक चौक , लगायतका प्रत्येक घरधुरिलाई समाजको सदस्य बनाउने अभियान सुरु गर्ने र सदस्यता लिनेलाई समाजको भाडाकुडा , अन्य आवश्यक सामग्रीहरु कार्यक्रमको लागी निशुल्क उपलब्ध गराउने अध्यक्ष कविचन्द्र याखाले बताए । समाजले अब सामाजिक कार्यमा सकृय हुने बताउदै अब समाजले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सम्म निशुल्क एम्बुलेन्श सेवा उपलब्ध गराउने छ याखाले थपे ।
सामाजिक कार्य संगै समाजको बिकास , समाजमा रहेका जेष्ठ नागरिक, बालबालिका , युवा , दलित जनजाती सबैको हक अधिकारको लागी समाजले खेल्नु पर्ने भूमिका खेल्ने अध्यक्ष याखाले बताए । हाल फुलबारी समाजको आफ्नै भवन धरान – ५ तल्लो देउरालीमा रहेकोछ । समाजले हरेक कार्यक्रम विवाह , ब्रतबन्ध , लगायतमा चाहिने भाडा बर्तन टेन्ट लगायत समानहरु उपलब्ध गराउदै आएकोछ ।