धरान १३ की उषा राईको मृत्यु प्रकरणलाई लिएर धरानका महिलाहरु स्व स्फुर्त रुपमा सडकमा उत्रिन थालेकाछन । कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कदै गएको हो । शुक्रबार मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग गर्दे ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी गरेकाछन । मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरेकाहुन । जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै आएकाछन ।
उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरुको अडानको कारण मृतकको पोष्टमार्टम पनि हुन सकेको छैन । दुई बर्ष अघी श्रीमान बितेका र दुई छोरीको साथ डेरामा बस्ने गरेकि मृतक उषालाई विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन् ।
मृतक उषा राई
Photos : sanjita Dhamala