प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबलको उपाधि धरान–१५, स्थित होलील्याण्ड इन्टर नेशनल वोडिङ स्कुल बिजयी भएको छ । धरानमा शुक्रवारबाट सुरु भएको प्रदेश १ स्तरिय अन्तर बिद्यालय (कक्षा ८ देखी १० कक्षा) का छात्रछात्रा बिच थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता भएको थियो । आज भएको छात्रतर्फको फाइनलमा होलील्याण्ड स्कुलले सगरमाथा स्कुललाई पराजित गरी उपाधि हात पार्न सफल भएको छ । प्रतियोगिताको विजेता विजेता होलील्याण्ड स्कुलले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ, उपविजेता सगरमाथा स्कुलले नगद २५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, छात्रातर्फको खेलमा पनि होलील्याण्ड स्कुलनै बिजयी छ । होलील्याण्डले आफ्नै स्कुलको बि टिमलाई पराजित गरी उपाधि चुम्न सफल वनेको हो । छात्रातर्फको विजेता टिमले ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम होलील्याण्डले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । प्रतियोगितामा छात्रातर्फ कार्मेल स्कुलकी प्रान्जल लिम्वुल मोस्ट भ्यालुएबल खेलाडी घोषित भएकी थिइन भने छात्रतर्फ दिल्ली पव्लिक स्कुलका नुभा राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भएकी थिइन । त्यसै प्रतियोगितामा उत्कृष्ट खेलाडीमा होलील्याण्डकी नुमा लिम्वु घोषित वनेकी थिइन भने छात्रतर्फ होलील्याण्डका सिपु लिम्वु घोषित भएका थिए । प्रतियोगितामा धरान र धरानबाहिरका गरी ३५ टिमले स्पर्धा गरेका थिए । बिजयी विजेता र उपविजेता टिमलाई प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङले पुरस्कार प्रदान गर्नु भएको थियो ।
धरान सेकेन्डरी स्कुल (धरान उच्च) ले आफ्नो रजत वर्षलाई उत्सवका रुपमा मनाउने क्रममा खेलकुदलाई प्राथमिकता दिंदै बास्केट बल प्रतियोगिताबाट सुरुवात गरिएको प्रअ चित्रप्रसाद ढुंगेलले जानकारी दिनुभयो । धरान उच्च व्यवस्थापनले धरान सेकेन्डरी स्कुलसहित धरान कलेज अफ म्यानेजमेन्ट, विरेन्द्र मेमोरियल कलेजलगायत शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई धरानको बास्केटबलको प्रतिष्ठित क्लब हराइजन बास्केटबल क्लबले प्राविधिक सहयोगमा सन्चालन भएको थियो ।