नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हरायो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो ।नेपालले नामिबियालाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हराएको यो दोस्रोपटक हो । यसअघि, नेपालले फागुन २ गते त्रिवि क्रिकेट मैदानमा नामिबियालाई दुई विकेटले हराएको थियो ।