पोखरामा आज बाट सुरु भएको २२ औ आहा रारा गोल्डकपमा धरान फुटबल क्लब बिजयी भएकोछ । गोल्डकपको उदघाटन खेलमा आयोजना सहारा क्लब पोखरालाई १-० गोल अन्तरले हराउदै धरान फुटबल क्लब बिजयी भएको हो । पहिलो हाफको खेल सुरु भएको ५ मिनेटमै डिबक्स नजिकै पाएको फ्री किक लाई धरान फुटबल क्लबका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले सिधै जाली चुमाएका थिए । प्रकाशको फ्री किक गोलबाट धरान फुटबल क्लब बिजयी भएको हो ।
दुबै तर्फका खेलाडीहरुले गोल गर्ने अवसर धेरै पाए पनि पहिलो हाफ मा प्रकाशले गरेको गोल नै निर्णायक बन्यो । खेल को म्यान अफ दि म्याच पनि प्रकाश भए उनले रु ८ हजार र ट्रफी प्राप्त गरेकाछन । २२ औ गोल्डकप मा जम्मा १० टिम सहभागी रहेका छन । भोली १५ गते को खेल नेपाल पुलिस क्लब र चर्चा बोइज क्लब बिच हुने आयोजकले जनाएकोछ । गतवर्ष विजेताले १० लाख रुपैयाँ पाएकोमा यसपाली १२ लाख पाउनेछ । यसैगरी उपविजेताको पुरस्कारमा एक लाख रुपैयाँ थप गरि यसपाली ६ लाख रुपैयाँ प्रदान गरिनेछ ।
खेल को म्यान अफ दि म्याच प्रकाश