धरान नगरपालिका स्थापना भएको अवसरमा यही पौष २० गतेदेखि तीन दिन सम्म धरान उत्सवका तिनदिने कार्यक्रम सार्वजनिक भएकोछ । उपमहानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै पुष २०, २१ र २२ गते विविध कार्यक्रम गर्दै तीन दिन उत्सवन मनाउने जानकारी दिएको हो । उत्सव धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा आयोजना हुने मेयर हर्क साम्पाङले जानकारी दिए ।तीन दिने उत्सवको पहिलो दिन बिहान ११ बजे साँस्कृतिक झाँकीसहित र्याली , दिउँसो १ बजेदेखि ३ बजेसम्म उद्घाटन समारोह ,सम्मान तथा पुरस्कार वितरण , दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म लोक दोहोरी प्रतियोगिता हुने आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले जानकारी दिए ।
दोस्रो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सेवक अभियानको संयोजनमा वृहत सरसफाई , ९ बजेदेखि १० बजेसम्म मास साइक्लिङ , बिहान १० बजेदेखि १२ बजेसम्म सुनसरी सवृद्धिका लागि समन्वय र प्रयास बिषयक जिल्लाभरिका प्रमुख तथा उपप्रमुखहरुबीच छलफल , बिहान ११ बजेदेखि प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुको निबन्ध वाचन , १ बजेदेखि ३ बजेसम्म विद्यालयका प्रथम, दोस्रो र तेस्रो लोक नृत्य प्रर्दशन , दिउँसो ३ बजेदेखि ५ बजेसम्म रस्सी तान प्रीतयोगिता र तेस्रो दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म समापन समारोह हुनेछ भने ३ बजेदेखि ५ बजेसम्म जातीय संघसंस्थाहरुको साँस्कृतिक प्रस्तुती हुने आयोजक धरान उपमहानगरपालिकाले जनाएकोछ ।